Friday, April 23

फागुन ०१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

February 12, 2021 1314

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घर परिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । छोटो दुरिको रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा विपरित लिङगको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामान्यतया झै-झगडा र वादविवादमा फस्ने योग रहेको छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । दैनिक कामहरु प्रभावित हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सन्ततिका क्रियाकलापमा मन प्रशन्न रहनेछ भने वंश बृद्धिको गतिलो योग रहेको छ । बन्द व्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठन पाठन र चिन्तन मननमा ध्यान केन्द्रित हुनेछ । उपहार प्राप्त हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । आफन्तहरु बीचको सम्बन्ध सौहार्दपूर्ण रहनेछ भने तपाईबाट राम्रा काम हुनाले सम्मान प्राप्त हुनेछ । साहित्यमा रुची जाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफ योग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेको छ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आर्थिक रुपमा सवल हुनका लागी थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारी धन सम्पति लाभ हुने योग रहेको छ । प्राकृतिक स्रोत साधनको कारोबारबाट भने जस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ । विशिष्ट व्याक्तिहरु नजिक हुनेछन् भने प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट व्याक्ति हरुसँग भेटघाट हुनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफ्नै कारण पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्त बीच घरायसी कुरामा बिवाद निम्तिन सक्छ, ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाती राख्दा राम्रो हुनेछ । लेखनकला साहित्यको क्षेत्रमा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।

 

प्रतिकृया दिनुहोस्