Friday, April 23

धादिङमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा २ जनाको मृत्यु, ५ घाइते

February 13, 2021 1246

पृथ्वीराजमार्गस्थित चरौंदी बजारमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस बेनीघाट चरौंदी बजार रातोघरनेर रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो ।

उक्त घटनामा माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

प्रतिकृया दिनुहोस्