Wednesday, April 21

टिप्परले ब्याक गरेर सुनसरीमा साइकल यात्रीलाई कि’च्यो, अस्पतालमा मृत्यु !

February 13, 2021 6418

टिपरले ब्याक गरेर किच्दा साइकल यात्रुको मृत्यु भएको छ । यो सुनसरीको घटना हो । चतरा कञ्चनपुर राजमार्गमा पर्ने बेलका नगरपालिका वडा नं ५ स्थित घुम्नेमा ना ७ ख ६८९५ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेका साइकल यात्री वर्ष ४१ का खड्गबहादुर विकलाई ठक्कर दिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

टिपरको ठक्करबाट घाइते विकको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनका आफन्तले चालकले टिपरले ब्याक गरेर किचेको आरोप लगाएका छन् ।‘टिपरले ठक्कर दियो, ल डे पछि ड्राइभर उ त्रि ए र आएर, हेरेर, फेरि गाडीमा चढेर कु ल्चि ए को देख्ने मान्छेहरुले भनेका छन्’ विककी आफन्त भूमिका रसाइलीले भनिन्, ‘पछि चालक हेरेपछि पुनः कु ल्चि नु भनेको ज्यान लिने उद्देश्य देखिन्छ ।’विकलाई घाइते अवस्थामा विराट नर्सिङ होम पु¥याएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक तेजबहादुुर दाहालले बताए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

विकका परिवार र टिप्पर धनीबीच क्षतिपूर्ति दिने सहमति भएको छ । परिवारले काजक्रिया खर्चसहित १० लाख रुपैयाँ क्षतिपूर्ति मागे पनि आठ लाख रुपैयाँ बैंकमा हालिदिने सहमतिसहितको कागज भएको स्थानीय प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्