Sunday, June 20

सोच्नै नसकिने गरी घट्यो सुनको भाउ , तोलाको कति हेर्नुहोस

February 19, 2021 18302

काठमाडौँ,७ फागुन । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ ।

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ ।

नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्