डोल्पाका एक समाजसेविले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँड्नुभएको छ ।ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आउनुभएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गर्नुभएको हो । व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताउनुभयो । सदरमुकाम दुनैस्थित सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका बुढाले जिल्लामै नमूना काम गर्नुभएको बुढाको भनाइ छ ।दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगतरुपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा बुढाले बताउनुभयो घरव्यवहारले गाँजिएका महिलालाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अँगेना चुल्होमा कष्टका साथ खान पकाउनुपर्ने अवस्था देखेर वितरण गरेको उहाँको भनाइ छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
February 21, 2021 217
प्रतिकृया दिनुहोस्