Thursday, April 15

कोरोना संक्रमितको उपचारमा खटिएका २६ वर्षीय डा.सुभम उपाध्यायको कोरोनाबाटै मृ’त्यु !

February 27, 2021 116

एजेन्सी : कोरोना भाइरस संक्रमितको उपचारमा लामो समयसम्म काम गरेका डा.शुभम उपाध्यायको कोरोना संक्रमणबाट मृत्यु भएको छ । महिनौँसम्म उनी भारत मध्यप्रदेशको राजधानी भोपालमा कोरोना संक्रमितको उपचारमा खटिएका थिए । कोरोना संक्रमितको उपचार गर्ने डाक्टर उपाध्यायको कोरोना संक्रमणबाटै मृत्यु भएको हो ।कोरोना संक्रमणबाट उनको फोक्सोको ९० प्रतिशत भागमा पानी भरिएको थियो ।हवाइ जहाजको माध्यमबाट उपचारका लागि चेन्नइ लैजाने प्रयास असफल भयो । तुफान आउने आशंकामा हवाइ सेवा बन्द भएपछि उनमा फोक्सो प्रत्यारोपण गर्ने तयारी पनि काम लागेन । उनको चिरायू अस्पतालमा मृत्यु भएको छ ।२६ वर्षीय डाक्टर भोपालको सागर मेडिकल कलेजको शिक्षण अस्पतालमा काम गर्थे । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्