Thursday, April 15

छुट्टीमा घर आएका २२ वर्षीय ईण्डियन आर्मी विवेकको बाइक दु’र्घटना’मा नि’धन

February 28, 2021 212

तनहुँको व्यास २ मालेबगर निवासी विवेक थापा मगरको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल रोडमै प ल्टिँ दा २२ वर्षीय विवेक ज्यान गएको हो ।

टाउकोमा चो ट ला गेका उनलाई दमौली अस्पताल लागिएकोमा चिकित्सकले मृ त घोषणा गरेको बताइएको छ । बाइक पछाडि सवार २० वर्षीया रजनी गुरुङको दमौलीमा उपचार भईरहेको छ । सडक चिप्लो भएकाले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको आशंका गरिएको छ ।

थापा ईन्डियन आर्मी रहेको र ४४ दिनको छुट्टिमा घर आएको बताइन्छ । केही वर्ष अघि सोहि ठाउँ नजिकै २ जना ईण्डियन आर्मी युवकको पनि बाइक दुर्घटनामा निधन भएको थियो । तस्विरः सुमन श्रेष्ठको फेसबुकबाट

यो पनि पढ्नुहोस् , म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

रुखबाट ल डेर घा इते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्