Thursday, April 15

२२ बर्षपछि मेलम्चीको पानी काठमाडौंमा

March 6, 2021 121

काठमाडौं/ आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।

मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो।

आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ।

आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो। यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो।

सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ।

प्रतिकृया दिनुहोस्