Thursday, April 15

अब कस्को एमाले ? तिवारी नेतृत्वको एमालेले बोलायो बैठक

March 8, 2021 34

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको पूर्ववत अवस्थामा नै फर्काएपछि तिवारी नेतृत्वको एमालेले बैठक बोलाएको हो ।

सो पार्टीका महासचिव मनिषकुमार उपाध्यायले सर्वोच्चको आदेशपछि तत्काल बैठक राख्न लागिएको बताए । नागरिकखबरसित उनले भने, ‘हामी पर्सी बैठक बस्छौं र छलफल गर्छौ ।’

अदालतले सत्तारुढ नेकपालाई पार्टी एकीकरणको पूर्ववत् अवस्थामा फर्काएर एमाले र माओवादी केन्द्र नै रहने आशय प्रकट गरेपनि यी दुबै नाम निर्वाचन आयोगमा दर्ता छ ।

नेकपा एमाले अब आफूहरुको पार्टी भएको भन्दै महासचिव उपाध्यायले सर्वोच्च र निर्वाचन आयोगले दिएको आदेश मान्ने बताए । उनले भने, ‘अदालत र आयोगको आदेश विधिविधान अनुसार नै आयो भने मान्छौं ।

अदालतले सत्तारुढ नेकपालाई पार्टी एकीकरणको पूर्ववत् अवस्थामा फर्काएर एमाले र माओवादी केन्द्र नै रहने आशय प्रकट गरेपनि यी दुबै नाम निर्वाचन आयोगमा दर्ता छ ।

एमाले र माओवादी केन्द्र मिलेर तीन वर्षअघि नेकपा बनेपछि तिवारी नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) एमाले उदाउँदो सूर्य चुनाव चिन्हसहित निर्वाचन आयोगमा दर्ता छ ।

सो पार्टी २०७७ साउन २० मा १६० नम्बरमा दर्ता छ । अध्यक्षमा तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय छन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पनि निर्वाचन आयोगमा दर्ता छ । पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रकै नेता गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र आयोगमा २०७६ भदौ १५ गते दर्ता भएको हो । सो दलको दर्ता नम्बर १५३ हो । सो दलको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा छ ।

एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो । त्यसको एक वर्षसम्म नाम र चिन्ह फ्रिज भयो । त्यसको एक वर्षपछि गोपाल किराँतीले माओवादी केन्द्र नामको दल दर्ता गराए । यता, नेकपाभित्र विवाद बढ्दै जाँदा गत साउनमा एमाले पार्टी पनि दर्ता भयो ।

ऐनमा कुनै दुई दलबीच एकीकरण भएपछिको एक वर्षसम्म चुनाव चिन्ह र नाम कसैले पनि नपाउने नियम छ ।

 

प्रतिकृया दिनुहोस्