Friday, May 14

यीनै हुन गाडीसगैं भिरमा ख’सेका उनी भाग्यले झा’डीमा अ’ड्कि’एर बच्न सफल भएका डि.बी.

April 21, 2021 114

नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्यूठान दुर्घट’नामा परेका डि.बी. (डिलबहादुर) थापाको क’र’ङ भाँ’चि’एको छ । स्वर्गद्वरीमा भएको सवारी दुर्घट’नामा घाडीसँगै भिरमा ख’सेका उनी भाग्यले गाडीभन्दा केही तल रहेको झाडीमा अ’ड्कि’एर बच्न सफल भए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत उनी मुसिकोट नगरपालिका-६ कुर्घा हुन् । त्यस दिनको घ’टनाबारे बताउँदै उनले थोत्रो सवारी साधानका कारण दुर्घट’नामा परेको दाबी गरे । ‘यात्राको क्रममा बाटोमा तीन चार ठाउँ बिग्रेर बनाउँदै मुस्किलले स्वर्गद्वारीको प्रवेश द्वारसम्म पुग्यौं । गाडीको कन्डिसन ठिक थिएन ।’-घटना अघिको विवरण सुनाउँदै उनले भने ‘माथि यो गाडी लिएर नजाऊ भनेर एकथरीले भनेका पनि हौं । ड्राइभरले जान्छ भनेपछि उकालो लाग्यौं ।’

गाडीको कण्डीशन ठिक नभएपछि उक्त सवारीमा जाने वा नजाने विषयमा समेत आफूहरु बीच कुरा भएको उनले बताए । ‘स्वर्गद्वारीको २ सय मिटर नजिकै पुग्दा बसलाई ओभरट्याक गर्ने क्रममा इन्जिन वा खै के पड्केको आवाज आयो त्यसपछि गाडी खस्यों ।’-घाइते थापाले त्यस दिनको घटनाले अझै पनि डर नपखालिएको आभास दिलाउने गरी भने ।

सोही घटनामा परी ज्यान बचाउन सफल गुल्मीको अर्खले निवासी सुनिता कंडेलले पनि गाडीको कंण्डिशनलाई दोष दिइन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी सुनिता आफू मात्रै होइन ६ वर्षिय छोरालाई समेत बचाउन सफल भइन् । घटना बारे बताउँदै उनले भन्छिन् ‘माथी बसका टन्नै मान्छेले बाटोमा उभिएर हेरेका थिए । तलबाट हामीले चिच्चाएर गुहार माग्दा पनि गुहार दिन कोहि आएनन् ।

’ नयाँ वर्ष मनाउन सँगै गएका साथीहरुलाई गु’माएर फर्केकी उनले त्यस दिनको घटना बारे बताउँदै उनिन् ‘सूर्य सर (सुर्य पन्थी)को नाक र मुखबाट रगत आएको थियो । सास मात्रै हुँदो हो । गाडीमा च्यापिनु भएका इश्वरी सर (भण्डारी) लौन मलाई बचाउ–बचाउ भनेर धेरै बेरसम्म गुहार माग्नु भएको थियो । उहाँलाई बचाउन सकिन ।’ जिल्ला प्रशासन जस्तो सरकारी निकायलाई थोत्रा गाडी मिलाइ दिने र मिलाउने प्रशासन कै केही कर्माचारी प्रती उनले घम्भिर आरोप समेत लगाएकी छन् ।

गडीवालासँग प्रशासन कै केही कर्मचारिहरुको मिलोमोतोले थोत्रा गाडीहरुले संरक्षण पाएका हुन ? भन्ने प्रश्नमा उनले भनिन् ‘मलाई मात्र सोद्धा नपत्याउलान अरुलाई पनि सोध्नुस् सबै कुरा भन्छ्न । ‘बाटोमा गीत कविता चुड्किला हालेर अगाडि बस्नु भएका श्याम सर ( प्रशासकीय अधिकृत न्यौपाने ) ले खुब रमाइलो गराउनु भयो । दोहोरी पनि गाउनुभयो । गित गाउँदै इश्वरी सर त ( भन्डारी ) सर त जिप भित्रै खुब नाच्नु भयो त्यही दृश्य मानसपटलमा घुमेको छ ।’ भक्काँनिदै भन्दा कंडेलको गला अबरुद्ध भयो ।

प्रशासनका कर्मचारी कृष्ण पन्थीको प्रतिक्रिया माग्दा आफूले गाडी मिलाइदिएको कुरा निराधार भएको बताए । उनले भने ‘पहिला मलाई स्कारपियो खोजी दिनुस् भनियो र मैले हिमाल दाई ( कुँवर ) लाई फोन गरेर सोधे । उनले छैन भने पछि डोर बहादुर दाई (गुल्मी यातायात ब्यवसायी संघका ब्यबस्थापक ) लाई सोधेँ। उहाँले पनि स्कारपियो छैन भन्नू भयो । पहिला ९ जना जाने भने पछि स्कारपियो खोजिएको थियो । कुरा गर्दै जाँदा घुम्न जाने मान्छे बढे ।

त्यही बेलामा आफ्नो कामले महेश राज भन्डारी प्रशासनमा आउनु भएको थियो । उहाँले नै श्याम सर सहित घुम्न जानेहरु सङ्ग जिप खोज्ने काम गर्नु भएको हो । म नजाने मान्छेलाई केही थाह भएन । गुल्मी यातायात ब्यवसायी सङ्ग्का सचिव समेत रहेका महेश राजभण्डारीले पनि अरु कसैले नभनेर आफू प्रशासन गएको बेला घुम्न जाने कर्मचारीले जिप खोज्न भनेको बताए । ‘भाडा समेत फिक्स भएको थिएन तेल राखी दिनुस् फर्केपछि हिसाव गरांैला भनेको हँु ।’ उनले भने,गाडी थोत्रो भएर होइन बसलाई ओभरट्याक गर्न खोज्दा दुर्घट’ना भएको पाइयो ।

उनले त्यस दुर्घट’नाका चालक २१ दिन अघि देखि मात्र त्यो जिप चलाउन थालेको बताए । त्यस अघि एकवर्ष सम्म जिप चलाउने गरेको र त्यस भन्दा अघि बसको सहचालक रहेको उनको भनाई छ । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको प्रतिकृया माग्दा शर्माले गाडीको अवस्था बारे तुरुन्तै यातायात ब्यसायीहरुलाई बोलाएर बुझ्ने काम भैरहेको बताइन् ।

‘प्रशासनले थोत्रा गाडी संरक्षण गर्यो भन्ने आरोप निराधार हो ।’ शर्माले भनिन, कदापी प्रशासले त्यसो गर्न सक्दैन।’ बरु कन्डिशन राम्रो नभएका गाडी र दक्ष र अर्धदक्ष ड्राइभरको पहिचान गरि कडाई गरिने उनको भनाइ छ । प्रशासनका एक कर्माचारिका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी शर्माले यातायात ब्यसायीलाई गम्भिर रुपले स्पष्टिरण लिएकी छन् ।

प्रतिकृया दिनुहोस्