Friday, May 14

नेपालको सार्वभौ’मसत्तामाथि नै प्रहार गर्ने एमसीसी खा’रेज गरौँ- अमेरिकी अनुसन्धान’कर्ता डा. मेरी डेशेन(भिडियोसहित)

April 21, 2021 182

काठमाडौं ।आ’फ्नो फेसबु’कको क’भर फोटोमा नै एमसीसी खारेज गरौ भन्दै फोटो अपलोड गर्ने अमेरिकी अनुसन्धानकर्ता डा. मेरी डेशेन यी नै हुन् !मान’वशास्त्री ए’वम् अनु’सन्धानकर्ता डा. मेरी डेशेन ग्रीनकार्डधारी अमेरिकी नागरिक हुन् ।सा’ढे तीन दशक नेपालमै रहेर नेपाली समाज र इतिहा’सको अध्ययन गर्ने क्रममा नेपाली महिला, दलित, सुकुमबासी, र वाम आन्दोलनबारे गहिरो अध्ययन गरेकी मानवशास्त्री डा मेरी डेशेनले ०४२ देखि ०४४ सम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’मा स्ट्यान्डफर्ड युनिभर्सिटी, क्यालिफोर्नियाबाट विद्यावारिधि गरेकी हुन् ।

स्टडिज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटीकी संस्थापक सम्पादकमध्ये एक उनी ‘युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया’मा प्राध्यापन गरि हाल ‘वासिङ्टन युनिभर्सिटीमा अनुसन्धाताका रूपमा आबद्ध छिन् ।नेपाली भाषा प्रष्टसंग बोल्ने डा. डेशेनसंग बहुचर्चित अमेरिकी अनुदान सहयोग एमसीसीमा केन्द्रीत रहेर पब्लिक डीसकोर्स फाउन्डेसनले अनलाइन मार्फत उनिसंग गरेको कुराकानीमा एमसिसी नेपालकाे हित विपरित छ बताएकी छिन ।डा. डेशेन एमसीसीको कटर विरोधी नै रहिछिन् भने थप प्रष्ट यसकारण छ कि उनले आफ्नो फेसबुक कभर फोटो नै एमसीसी खारेज गरौ भनेर अपलोड गरेकी छिन ।

नेपालमा एमसीसी संसोधनसहित पारित गरिनु पर्छ भन्नेहरुको बीच डा. डेशेन यसलाई संसोधन होइन खारेज नै गरेर नेपालले अस्विकार गर्नु पर्ने बताएकी छिन ।कडा शब्दमा यसरी बुझाउछिन् एमसीसीबारे डा. डेशेन- “अमेरिकाले अनुदान सहयोगको नाममा नेपाललाई सिधै लुटपाट गर्ने नि’काय हो एमसीसी ।”लगभग १ घण्टा ४६ मि’नेटको अन’लाइन छलफलमा डेशेनले राखेको धारणाको सार संक्षेप यस्तो छ :-एमसीसी समर्थकहरुले किन नेपालीहरुलाई आर्थिक बिकाश हुन्छ भन्दै भ्रम छरेको भनेर गम्भीर चिन्ता ब्यक्त गरेकी छिन । एम’सीसीले दिने आर्थिक बिकाश भनेको निजीकरण मार्फत हो जसको असमान नतिजा विश्वले देखिसकेको छ ।

एमसीसीको दस्तावे’जहरु रा’म्ररी अध्ययन गर्दा पनि प्रष्ट हुन्छ कि एमसीसीले आर्थिक सहयोगको नाममा नेपालको सार्वभौमिकता माथि नै प्रहार गर्ने बुँदाहरु छन् , तर यो सम्झौता गर्ने नेताहरु किन यसलाई बुझ्ने कोसिस गर्दैनन् ?बैदेशिक लगानीको नयाँ मोडलमा अमेरिकाले बिश्वलाई कज्याउन एमसीसीलाई अघि बढाएको एक आर्थिक प्याकेज हो, यस’लाई बुझ्न ढिला गरेमा ठुलो दुर्भाग्य आउने संकेत गरेकी छिन ।यो एम’सीसी ५०० मिलियन अमेरिकी डलर अनुदान हुदै होइन व्यापा’रिकउपनिवेशको नयाँ मोडल हो ।

भिडियो हेर्नुहोस:

प्रतिकृया दिनुहोस्