Friday, May 14

एसएलसी फेल भएर दुबई गएका बिनोद , बुर्ज खालिफामा काम गरेर बने ‘ईञ्जिनियर’ !

April 21, 2021 109

पोखरा– २४ पामेका विनोद सन् २००३ मा दुबई पुगेका थिए। भारतीय प्रहरीमा जागिरे बुवा र पोखरामा घरजग्गा भएकाले कमाउनकै लागि विदेश जानुपर्ने बाध्यता उनलाई थिएन।

बुर्ज खालिफा बनाउँदा दिन र रात गरी दुई सिफ्टमा ९ हजार बढीले काम पाएका थिए। यी कामदार मध्ये कयौं नेपाली पनि थिए। पोखराबाट ‘लेवर’ भिसामा दुबई पुगेका विनोदकुमार विक पनि एक हुन्। ***भिडियो हेर्न तल क्लिक गर्नुहोला***

एसएलसी फेल भएर उनी विदेश हानिएका थिए। अहिले विश्वबजारमा विक्ने सिनियर सर्भेयर बनेका छन्।घुम्नका लागि दुबई जाने जो कोही बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्।

नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन स्मिथले लिली नामक पुतलीबाट प्रभावित भएर यसको डिजाइन गरेका थिए। उक्त पुतलीको लय र संरचना बुर्ज खालिफासँग मिल्दोजुल्दो भएको स्मिथले बताएका छन्।

युएईको दुबईस्थित विश्वकै सबैभन्दा अग्लो मानव निर्मित टावर बुर्ज खालिफा अहिले मध्यपूर्वको व्यापारिक केन्द्र बनेको छ।

बुर्ज खालिफाको डिजाइनअनुसार होटल, कार्यालयदेखि अन्य व्यवसायिक घराना त्यहाँ बसेका छन्। यो एउटा महत्वपूर्ण व्यापारिक केन्द्र भएको छ। ***भिडियो हेर्न तल क्लिक गर्नुहोला***

प्रतिकृया दिनुहोस्