Friday, May 14

श्रीमतीसँग फोनमा एक घन्टा कुरा गरेका प्रहरी सहायकको त्यही रात अस्ताए

April 22, 2021 116

विराटनगर– संयुक्त राष्ट्रसंघको शान्ति मिसनका क्रममा सुडानको डार्फोरमा कार्यरत विराटनगरका एक प्रहरीको मृत्यु भएको छ।

 

“माइत जान्छु भनेर हिडेकी श्रीमती मु’स्लिम केटासंग भा’गे पछि… (हेर्नुस् भिड…
चैत १८ गते राति खाना खाएर सुतेका प्रहरी सहायक(भान्से) उमेशकुमार मेहताको सुतेकै स्थानमा मृत्यु भएको परिवारले जनाएको छ।

विराटनगर–१४ घर भएका ४६ वर्षीय मेहताकी श्रीमती गुड्डुकुमारी मेहताले मृत्युअघि चैत १८ गते राति १० देखि ११ बजेसम्म फोनमा दोहोरो कुराकानी भएको बताइन्।
चैत १९ गते बिहान करिब ५ बजे उनको मृत्यु भएको जानकारी परिवारले पाएको थियो।

गत वर्ष कात्तिक १६ गते काठमाडौँबाट सुडानका लागि उडान भरेका मेहता जेठ १६ गते घर आउने योजनामा रहेको गुड्डुकुमारीले जानकारी दिइन्।

श्रीमान्‌सँग कुरा हुँदा सदा झैं सहज र पारिवारिक कुराकानी भएको बताएकी गुड्डुले श्रीमान्‌को मृत्युको कारण हालसम्म जानकारीमा नआएको गुनासो गरिन्।
मृत्यु भएको करिब १९ दिनपछि शव अन्त्येष्टिका लागि पाएको बताउँदै उनले सोमबार विराटनगरमा अन्त्येष्टि गरिएको जानकारी दिइन्।

दुई छोरा, एक छोरी र श्रीमतीसहित परिवारलाई बिहान–बेलुकाको छाक टार्ने मेहता एक्ला सदस्य हुन्।
मेहताको मृत्युपछि काजक्रियामा बसेका २८ वर्षीय जेठा छोरा आकाशकुमार मेहताले भने, ‘बुबाको मृत्यु कसरी भयो केही जानकारी पाएनौँ।

हेडक्वाटरबाट चैत १९ गते एकैपटक मृत्युको खबर पायौँ। पोस्टमार्टम गरिएको भन्ने सुनेका छौँ तर रिपोर्टबारे बेखबर छाैँ।’

मेहताको निधनसँगै घर कसरी चलाउने सोचमा श्रीमती गुड्डुकुमारीको चिन्ता छ। उनले भनिन्, ‘छोरालाई कतै प्रहरीमै जागिर भए केही हदसम्म राहत हुने थियो।’
उनका अर्को छोरा विराटनगरकै एक कलेजमा स्नातक तहमा अध्ययनरत छन्।

२८ वर्ष जागिरमा बिताएका मेहता २ वर्षपछि रिटार्यड हुने क्रममा थिए। पहिलोपटक शान्ति मिसन टोलीमा सहभागी मेहता विराटनगरको रानीस्थित सशस्त्र प्रहरी बलको गण प्रहरी सहायक(भान्से)का रुपमा कार्यरत थिए।

मिसनका लागि असोज १६ गतेका काठमाडौँमा तालिममा थिए। त्यसको एकमहिनापछि १ सय ८० जनाको टोलीमा उनी सहभागि हुँदै सुडान उडेका थिए।(देश सञ्चार बाट)

 

प्रतिकृया दिनुहोस्