Friday, May 14

१८ जना चढेको पिकअप गाडी नदीमा खस्यो, ९ लाश भेटिए ७ जनाको खोजी हुँदै

April 23, 2021 126

काठमाडौं। भारतको बिहारमा शुक्रबार बिहान एक पिकअप भ्यान दानापुरमा गंगा नदीमा खसेको छ । यसमा १८ जना मानिसहरू थिए । तीन बालबालिकासहित ९ जनाको शव बरामद भएको छ । २ जना यात्रु पौडी खेलेर बाहिर निस्किएका छन् । हराइरहेका बाँकी ७ जनाको को खोजी चलिरहेको छ ।

यी सबै जना आपसमा नातेदार हुन् । उनीहरु दियाराको अखिलपुरमा तिलक समारोहमा सहभागी भएपछि दानापुर फर्केका थिए । यो विवाह अप्रिल २६ मा हुने तय थियो। दुर्घटना हुँदा पिकअप भ्यान पिपा पुलहुँदै गुडिरहेको बताइइएको छ । स्थानीय मानिसहरूले डुंगा चढेर गाडी बाहिर निकाल्ने कोसिस गरे तर सफल भएनन्। प्रशासनले जेसीबीको सहयोगमा गाडी निकाल्ने काम गरिरहेको छ । डुबेका व्यक्तिहरुको खोजीका लागि एसडिआरएफको टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस्