Friday, May 14

होसियार! अब १० रुपैयाँको मास्क नलगाउँदा १०० रुपैयाँ जरिवाना !

April 23, 2021 140

धनगढीको त्रिनगर कम्पलेक्समा चिया पसल सञ्चालन गरिरहेका प्रह्लाद गुप्ता सामान लिन लक्ष्मीनारायण चोक पुगेका थिए। सामान बोकेर पसलतर्फ जाँदै गरेका उनलाई प्रहरीले रोक्यो। मुखमा मास्क नदेखेपछि उनलाई प्रहरीले एक मास्क दिँदै सय रुपैयाँ ज’रिवाना गर्‍यो।

दिउँसो १२ बजेतिर लक्ष्मीनारायण चोकबाट चौराहतर्फ स्कुटरमा सवार रुपा चौधरीले पनि मास्क लगाएकी थिइनन्। लक्ष्मीनारायण चोकमा खटिएको प्रहरीले उनलाई पनि रो’क्यो। प्रहरी कर्मचारीले उनको नाम सोधे र १०० रुपैयाँ ज’रिवाना तो’किएको रसिद थ’माए ।रुपाले मुखमा लगाउने मास्क आफ्नो झोलामा राखेकी थिइन।

प्रहरीले ज’रिवाना ’तिराएपछि उनले भनिन्, ‘१० रुपैयाँ पर्ने मास्क नलगाउँदा १०० रुपैयाँ ज’रिवाना तिर्नुपर्‍यो।’ कैलालीमा दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जाँदा पनि आम नागरिक विनामास्क आ’वतजावत गर्न लागेपछि प्रहरीले ज’रिवानासहित मास्क वितरण थालेको हो। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले प्रशासनको आग्रह न’मान्ने व्यक्तिलाई ज’रिवाना ति’राउन लागेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सडकमा मास्क नलगाइ हिँ’ड्नेलाई का’रबाही गर्ने जनाएको छ। छिमेकी मुलुक भारतमा ती’व्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष अ’सर कैलालीमा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले बुधवारदेखि ज’रिवाना ति’राउन थालेको कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजालले बताए।

प्रतिकृया दिनुहोस्