Sunday, June 20

अस्पताल आएका मुख्यमन्त्री बाहिर बाेल्दै थिए, भित्र एकजनाकाे अक्सिजन नपाएर मृ’त्यु

May 6, 2021 176

बिहीबार दिउँसाे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सल्यान जिल्ला अस्पतालमा अनुगमन गर्न आए । प्रदेशका पुर्व मन्त्री प्रकाश ज्वाला, प्रमुख जिल्ला अधिकारी लल्मिदेवी हुमागाइ लगाएत सुरक्षाकर्मीकाे दलबल सहित मुख्यमन्त्री अस्पताल निरिक्षण गर्न आए ।

अस्पतालकाे अवलाेकन गर्न आएका मुख्यमन्त्रीले बाहिर केहिबेर भाषण गर्न समेत भ्याए । भाषणका क्रममा उनले प्रदेश सरकारले कुनै पनि बिरामी उपचार अभावका कारण मृ’त्यु हुन नदिने बताए ।

तर उनले बाहिर भाषण गर्दैगर्दा भित्र एकजना काेराेना संक्रमितकाे अक्सिजन अभावका कारण मृ’त्यु भयाे । श्वासप्रश्वासमा समस्या अस्पतालमा उपचारका लागि ल्याएका शारदा नगरपालिका १ श्रीनगरका ६७ वर्षीय ति पुरुषको बेडमा अक्सिजन अभावमै छट्पटाएर मृत्यु भएको अस्पताल श्राेतले बतायाे ।

टाउको दुख्ने, ज्वरो आउने समस्याबाट प्रभावित भई होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो १.३० बजेतिर आफन्तले जिल्ला अस्पताल सल्यानमा ल्याएका थिए । अस्पतालमा ल्याएपछि उनलाइ इमर्जेन्जी वार्डमा राखिएकाे थियाे । मृत्यु भएपछि उनलाइ काेराेना पाेजेटिभ देखिएकाे हाे ।

 

के भन्छन् मुख्यमन्त्री

यता अस्पताल अवलाेकन गर्न आएका मुख्यमन्त्री शाहीले स्वास्थ्य सामाग्री आपुर्ति गर्नको लागी प्रदेश सरकार तयार रहेकाले कुनै पनि समस्या परेमा तत्काल प्रदेशमा खबर गर्न आग्रह गरे । उनले भने ‘अस्पतालमा बिरामीको चाप बढ्ने अवस्था छ । अस्पतालमा आएको विरामीलाइ जिल्ला बाहिर पठाउनु भन्दा जिल्लामै व्यवस्था गर्न कर्णालीका सबै जिल्लामा आवश्यक पर्ने बजेट पठाइ सकिएको छ ।’

 

कोरानाको उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतको टोलीलाई प्रदेश सरकारले उचित भत्ताको व्यवस्था गरेको छ मुख्यमन्त्रीको भनाई छ । जिल्ला सस्पताल सल्यानका मेडिकल अधिकृत भिमकान्त जैसीले जिल्ला अस्पताल सल्यानमा प्रयाप्त मात्रामा उपकरणहरु नहुँदा विरामीले ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए ।

अस्पतालमा आवश्यक जनशक्ति भएपनि उपकरणको समस्या भएकोले प्रदेश सरकारसँग उपकरण उपलब्ध गराइदिन आग्रह गरे । उनले भने, ‘अस्पतालमा प्रयाप्त अक्सिजन सिलिन्डर छैनन् । खाली गराए दाङ भर्न पठाउनुपर्छ । उता भर्न पठाउँदा यता अक्सिजन हुँदैन् । २०/३० वटा सिलिन्डर थपियाे भने सहज हुनेथियाे ।’

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

 

 

 

प्रतिकृया दिनुहोस्