Sunday, June 20

अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द गर्ने निर्णय

May 11, 2021 177

नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ ।

नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

यसअघि अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो। कोरोना संक्रमण तत्काल नियन्त्रणमा आउने नदेखिएपछि उडान प्रतिबन्धको अवधि थप गरिएको हो। अहिले आन्तरिक उडानसमेत बन्द रहेको छ।

थप समाचार -चीनको बेइजिङबाट ४०० वटा अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।नेपाल एयरलाइन्सका महाप्रबन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४०० सिलिन्डर, १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर गरि करीब ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।

यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४०० आज आएको हो ।

प्रतिकृया दिनुहोस्