Sunday, June 20

फेरि एकचोटि रबि लामिछानेको चर्चा,

May 13, 2021 169

काठमाडौ, फेरि एकचोटि चर्चित पत्रकार एबम सन्चारकर्मी रबि लामिछाने चर्चामा चुलिएको छ। चर्चामा आउनुको मुख्य कारण हिजो सामाजिक सन्जालमा भाइ रल भएको एक भिडियो नै हो, कोरोना संक्रमणबाट ग्रस्त बिरामीहरु अक्सिजनको कमिले मृत्युको मुखमा पुगिरहेका छन। तर नेता र मन्त्री ज्यु हरु राजनीतिक खेलमा ब्यस्त भएको अबस्थामा जनताको ज्यान जोगाउन रबि लामिछाने लगायतको टोलि अक्सिजन ग्यासको सिलिन्डर जुटाउनमा ब्यस्त छ्न।

यसरी ग्यासको अभाबमा बिरामिको दिन प्रतिदिन मृत्यु भै रहेको अबस्थामा मन्त्री ज्यु हरु झण्डा मात्रै हल्लाएर हिड्ने भन्दै रबि लामिछानेले सार्बजनिक रुपमै मन्त्रीको सातो लिए, यो भिडियो सामाजिक सन्जालमा भाइरल भयो, समय सापेक्षक रुपमा रबि लामिछानेको यो आक्रोश लाई धेरैले समर्थन गरेका छन। सामाजिक सन्जालमा उनको आक्रोश अर्थपुर्ण रहेको भन्दै, धेरैले राम्रै प्रतिक्रिया दिएका छन।

कोरोनाले देश अस्तब्यस्त छ, अक्सिजन अभाबमा धेरै अस्पताल हरुले त कोरोना संक्रमितको उपचार गर्न सक्दैनौ भनेर हात नै उठाइसकेको अबस्था छ। यस्तो अबस्थामा विभिन्न ब्यक्ति संस्था तथा अभियान्ता हरुको सहयोगमा अक्सिजनको आपूर्ति भै रहेको छ। यसमा सरकारको बेलैमा ध्यान जाओस। अक्सिजन कै कारण कसैले ज्यान गुनाउन नपरोस भन्नू नै हाम्रो भनाइ हो। फाइल फोटो

प्रतिकृया दिनुहोस्