Sunday, June 20

माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमाले स्थायी कमिटीको निर्णय

May 13, 2021 122

काठमाडौँ — नेकपा एमालेको बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । नेपालसहित उनी पक्षका नेताहरु घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फुकवा गरिएको स्थायी समिति सदस्य सुवास नेम्वाङले कान्तिपुरलाई बताए ।

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय
नेकपाबाट छुट्टिएर एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्