Tuesday, June 22

सर्वोच्चले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएपछि पूर्व युवराज पारसकी छोरीको यस्तो ट्वीट

June 10, 2021 81

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले विहीबार नागरिकता ऐन संशोधन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। यो अध्यादेश जारी हुँदा निकै आलोचनासमेत भएको थियो। यो अध्यादेशको पक्षमा तराइ मधेशमा दिपावलीसमेत भएको थियो।

यो अध्यादेशलाई विहीबार सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएपछि पूर्वयुवराज पारस शाहकी छोरी कीर्तिका शाहले प्रतिक्रिया दिएकी छन्। उनले ट्वीट गर्दै सर्वोच्चमात्र निष्पक्ष भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘धन्न सर्बोच्च एउटा अन्तिम आश छ जहा टाउकेहरुबाट टाढा रहि निस्पक्ष र स्वतन्त्र ठिक र बेठीक को फैसला सुनाइन्छ।’https://twitter.com/_shaaha

प्रतिकृया दिनुहोस्