मंगलबार ०३ जेठ २०७९

दोहोरो नागरिकता लिएको आरोपमा गोरखामा एक युवती पक्राउ परेकी छन् । कास्कीको पोखरा महानगरपालिका–६ बैदाम माइती भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएकी २८ बर्षीया पूजा ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

८ मंसिर २०६७ मा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी उनले २८ मंसिर २०६७ मा पुनः जिल्ला प्रशासन कार्यालय गोरखाबाट अर्को नागरिकता लिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

‘गोरखामा गाइने सार्कीलाई बुवा बनाएर पूजा गैरेको नामबाट अर्काे नागरिकता निकालेको रहेछ,’ उनले भने, ‘आवश्यक कारवाही गर्न भनेर प्रशासनबाट पत्राचार भएपछि हामीले पक्राउ गरेका हौं ।’

दोहोरो नागरिकतासम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

 

काठमाडौं २५ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अमेरीकी परियोजना एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरिएको बताएका छन् ।

काठमाडौंको शंखमुलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले देशको हितका पक्षमा एमसीसी रहेकाले कांग्रेसले सरकारमा रहँदा पनि प्रतिपक्षीमा रहँदा पनि यसको वकालत गरेको बताएका हुन् ।

‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकता अनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ कार्यक्रममा उनले भने ।

एमसीसी राष्ट्रघाति भए संघीय संसदबाट पास नहुने बताएका उनले सरकारमा छदाँ एउटा कुरा बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने बताएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पहिले प्रतिपक्षमा हुँदा पनि पार्टीले अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्।

‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ। नेपाल अमेरिकी एक्सिसमा गयो। असंलग्न नीति बिर्सियो भनेको छ, त्यो बिल्कुलै होइन।’उनले अघि थपे ।


Last Updated on: March 17th, 2022 at 12:48 pm
५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया