सोमबार ११ आश्विन २०७८

नेकपा एमाले विभाजन गराएर एकिकृत समाजवादी पार्टी गठन गरेर अध्यक्ष बेनेका माधव कुमार नेपालले पछिल्लो समय पार्टी फुटाएको भन्दै एमाले कार्यकर्ताका गाली धेरै नै खाइरहेका छन् । तर उनले गरेको एउटा कामले भने चौतर्फी प्रशंसा पाइरहेको छ ।

सरकारी कर्मचारी पनि राजनिति गर्ने , सरकारी शिक्षक पनि राजनिती गर्ने त्यसकारणले यो देश कहिल्यै उभो लागेन भनेर बर्षौ देखी नेपाली जनताले गुनासो गर्दै आइरहेका छन् तर कुनै पनि नेताले सरकारी कर्मचारी र शिक्षकलाई राजनिती बाट अलग गराउँने आँट गर्न सकेन तर माधव नेपाल अध्यक्ष रहेको नेकपा एकिकृत समाजवादी पार्टीले त्यो आँट गरेको छ ।

भोली सम्म आफ्नो निर्णयमा नेकपा एस कतिको खरो अडिन सक्छ प्रश्न उठ्न  सक्छ तर आजको मितिमा नेकपा एस ले सरकारी कर्मचारी र शिक्षकले आफ्नो पार्टीको सदस्यता नपाउँने निर्णय गरेको छ । कर्मचारी युनियन र शिक्षक संगठन केही पनि नेकपा एसको रहने छैन । जनताको चाहना बमोजिममै यस्तो निर्णय गरिएको उक्त पार्टीले जनाएको छ ।

जुन हिसाबको संस्कार, जुन किसिमको परिपाटी केपी ओलीले स्थापित गर्न खोज्नुभएको छ त्यो भन्दा नितान्त भिन्न यो हुनेछ’, नव गठित नेकपा ९ एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले बुधबार निर्वाचन आयोगले आफ्नो पार्टीलाई मान्यता दिएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो पार्टी क्रान्तिकारी र संस्कारयुक्त हुनेछ ।’

केपी ओलीले एमाले पार्टीलाई निजी कम्पनी ठानेर आफूहरूलाई निष्कासन गरेपछि नयाँ पार्टी गठन गर्न बाध्य भएको बताएका नेपालले वि,द्रो,ही,हरूको पार्टी भएकाले सोही अनुसार अघि बढ्ने समेत बताए ।

‘वि,द्रो,ही चेत र आँटका साथ हामी अघि बढेका छौँ, हामी पुरानो लिकमा जाँदैनौं, पुरानो बाटो पछ्याउँदैनौँ’, अध्यक्ष नेपालको दाबी छ ।त्यसो त नेकपा (एकीकृत समाजवादी) ले कस्ता कस्ता व्यक्तिहरू पार्टीको सदस्य बन्न सक्छन् भन्ने विधानमा उल्लेख गरेको छ ।

नेकपा एस को विधानको धारा ९ मा साधारण सदस्य सम्बन्धी व्यवस्था गरिएको छ । विधानअनुसार बहालवाला सरकारी कर्मचारी, शिक्षक, प्राध्यापकले सदस्यता लिन नै पाउने छैनन् ।

त्यस्तै नेकपा समाजवादीको सदस्य बन्न भ्र,ष्टा,चा,र नगरेको, जबरजस्ती क,र,णी र मानव बे,च,बि,ख,.न,.मा नमुछिएको र लागु औषध ओसारपसारजस्ता नैतिक पतन र फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्ति मात्र योग्य हुनेछ ।

‘भ्र,ष्टा,चा,.र,  ज,.ब,र,ज,स्ती  क,र,णी, मानव  बे,च,बि,ख,न  तथा ओसारपसार, लागु औषध विक्री तथा वितरण, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्ति हुनुपर्नेछ’, सो पार्टीको विधानमा भनिएको छ ।


Last Updated on: August 28th, 2021 at 2:41 pm
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया