सोमबार ०४ आश्विन २०७८

मञ्जु विकको डेढ महिने छोरी’लाई अ’कस्मा’त श्वासप्रश्वा’समा समस्या देखियो। ठाटीकाँध गाउँपालिका–५ तोलीजैसीकी उनले मंगरबार बिहानै छोरीलाई प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पुर्‍याइन्। शिशुको उपचारमा स्वास्थ्यकर्मीले सक्दो प्रयास गरे। स्वास्थ्यमा सुधार नआएपछि दिउँसो २ बजेतिर प्रदेश अस्पताल सुर्खेत रिफर गरियो।

स्वास्थ्य केन्द्रले सुर्खेत रिफर गरेपछि शिशुका आफन्तले एम्बुलेन्सका लागि गाउँपालिकालाई खबर गरे। उनीहरूसँग तत्कालै एम्बुलेन्सको भाडा तिर्न पैसा थिएन। एम्बुलेन्सका लागि गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई आग्रह गर्दासमेत नगद भुक्तानीबिना एम्बुलेन्स पठाउन नसकिने जवाफ पाए।

तत्कालै सुर्खेत लैजान नसक्दा नि’मोनिया’ले थलिएकी नव’जात शिशु’को ज्या’न ग’यो। गाउँपालिकाले उधारोमा एम्बुलेन्स दिन अस्वी’कार गर्दा शि’शु र’हि’न’न्। ठाटीकाँध गाउँपालिकादेखि सुर्खेतसम्मको ११३ किलोमिटर छ। यसका लागि तोकिएको ९ हजार रुपैयाँ नतिरेसम्म गाउँपालिकाले एम्बुलेन्स पठाउन मानेन।

शिशु’लाई झ’नै गा’ह्रो भएपछि ठाटीकाँध प्रहरी चौकीको पहलमा मंगलबार राति १०:३० बजे उधारोमै एम्बुलेन्स पठाइयो। तर, प्रदेश अस्पताल सुर्खेत नपुग्दै शिशु’को मृ’त्यु भए’को २० वर्षीया मञ्जुले दुखे’सो पो’खिन्। गाउँपालिका अध्यक्षलाई आग्रह गर्दा पनि एम्बुलेन्स भाडा नगद भुक्तानी न’दि’एस’म्म पठाउन न’सकिने भन्दै ढिलाइ गरेकाले शिशु’को मृ’त्यु भए’को पी’डि’त परिवार’को गु’नासो छ।

स्वास्थ्य केन्द्र पुर्‍याइएको दुई घण्टा’मै रिफर गरेपछि गाउँमा ऋणसमेत नपाएको र अध्यक्ष शाहीको पनि सहयोग नपाएको पी’डित पक्ष’ले बताए। ‘गाउँपालिकासँग सहयोग मागेको ८ घण्टापछि प्रहरीको सहयोगमा उधारोमै पठाइएको एम्बुलेन्स प्रदेश अस्पताल पुग्न करिब आधा घण्टा मात्र बाँकी रहँदा सुर्खेतको बड्डीचौरमा बुधबार बिहान साढे ४ बजे शिशु’को ज्या’न ग’यो,’ पी’डित’का आफन्त जी’वन विकले भने।

‘गाउँपालिकाले मंगलबार दिउँसो समयमै एम्बुलेन्स पठाइदिएको भए शि’शु’को ज्या’न जो’गिन्थ्यो,’ ठाटीकाँध गाउँपालिका–५ तोलीजैसीकी तीतु कामीले भनिन्, ‘परिवारको गरिबी र गाउँपालिकाको असहयोगी व्यवहारले शिशु’को मृ’त्यु भ’यो।’

ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले ग’र्भव’ती र सु’त्केरीहरू’को ह’क’मा नि:शु’ल्क एम्बुलेन्स सेवा दिइएको तर अरू बिरामीहरूको हक’मा नि:शु’ल्क गर्न नसकिने भएका कारण एम्बुलेन्स पठाउन नसकेको बताए। ‘पठाउन त उधारो’मै पठाइयो। समयमा पठाएको भए शिशु’को ज्या’न जो’गि’न्थ्यो हो’ला, अहिले पछुतो लागेको छ,’ अध्यक्ष शाही’ले भने।

१८ वर्षको उमेरमा गत दुई वर्षअघि मानबहादुर विकसँग मञ्जुको विवाह भएको थियो। उनले गत असार ३० गते जन्माएको छोरीको नामसमेत जुराउन पाइनन्। उनका श्रीमान् मानबहादुर मजदुरीका शिलशिलामा ६ महिनादेखि भारतको अल्मोडामा छन्। मानबहादुरले पहिलो सन्तान छोरी’को मुख’समेत देख्न पाएनन्।


Last Updated on: August 28th, 2021 at 3:13 pm
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया