शुक्रबार ०८ आश्विन २०७८

काठमाडौँ– देशभर विगत पाँच महिनामा प्राकृति विपद्का घटनामा १८० जनाको मृ,त्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख यता शुक्रबार रातिसम्म देशभर विपद्का १५३९ घटना भएका छन् ।

यी घटनामा १८० जनाको मृ,त्यु भएको छ भने ४० जना बेपत्ता छन् । यस्तै ४०६ जना घाइते भएका छन् । विपद्का घटनाबाट १९६८ घरपरिवार प्रभावित बनेका छन् । यी घटनाबाट ९१ करोड ६२ लाख ८ हजार ३४२ रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यो अवधिमा सबैभन्दा धेरै पहिरोमा परी ४७ जनाको मृ,त्यु भएको छ । यस्तै चट्यांमा परी ४२ जनाको मृ,त्यु भएको छ भने बाढीका कारण ३० जनाको मृ,त्यु भएको छ । सर्पदंशबाट १५ जना जंगली जनावरको आक्रमणमा २० जनाले ज्यान गुमाउनु परेको छ ।


Last Updated on: August 28th, 2021 at 4:01 pm
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया