शुक्रबार ०८ आश्विन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सम्झाउदा दुनियाले सम्झने गरेको भन्दै तर माधव नेपाललाई पाँच पटक भेटेर सम्झाउदा पनि नसम्झिएको बताएका छन् । युवासंघको ललितपुरको कार्यक्रमलाई संवोधन गर्दै ओलीले माधव नेपाल रुखको पँहेलिएको पात भएको पनि टिप्पणी गरे । उनले केही पात पँहेलिएर झर्न सक्छ तर रुख ढल्दैन, नयाँ पात आउछन, हाँगाहरु बढ्छन् ओलीले भने ।
एमाले सिध्याउछु, देश बर्बाद पार्छु भनेर लागेपछि के गर्नु ? नेपालप्रति ओलीको आक्रोश थियो ।
ओलीले एमालेसँग कुनै पनि पार्टीले प्रतिस्पधार्न गर्न नसक्ने भन्दै माधव नेपालले ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद बोकेर एमाले बिरुद्ध लड्न नसक्ने बताए ।


Last Updated on: August 28th, 2021 at 4:25 pm
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया