सोमबार ११ आश्विन २०७८

नगढी: सवारी दुर्घटनामा घाइते भई उपचाररत कञ्चनपुर घर भएका एक प्रहरी सहायक निरीक्षक(असई) को ज्यान गएको छ। जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४७ वर्षीय असई मानसिंह टेर यही भदौ ८ गते दुर्घटनामा परेका थिए।रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टामा कार्यरत उनीलाई सवारी चेकिङको क्रममा लु६२प ९९०६ नम्बरको मोटरसाइलले ठक्कर दिएको थियो। ठक्करपछि घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।मृत्युपछि टेरको शव हेलिकोप्टरमार्फत शनिबार कञ्चनपुर ल्याइएको छ। उनको शव शनिबार बिहान ९ बजे सिम्रिक इयरको हेलिकोप्टरबाट आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


Last Updated on: August 28th, 2021 at 5:57 pm
३१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया