बिहिबार ०७ आश्विन २०७८

एजेन्सी । मानिसले प्रेमका लागि जे पनि गर्न तयार हुन्छ । आफुले माया गरेको ब्यक्तिलाई कसैले पनि समस्यामा परेको देख्न सक्दैन । एक युवतीले जे लमा रहेका आफ्ना प्रेमीलाई भ गा उ न गरेको उपायले प्रहरी प्रशासन दंग परेका छन् । तर उनको त्यो प्रयास भने सफल हुन सकेन । व्वाइफ्रेण्डलाई सुटकेसभित्र को चे र जेलबाट भगाउने युवतीको प्रयास असफल भएको छ ।

भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जे लभित्र थु नि ए का इब्राहिम जोसे भार्गस गार्सियालाई उनकी प्रेमीकाले भ गा उ ने कोशिष गरेकी थिइन् । उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास भने असफल भएको हो ।

कार चोरीको आरोपमा प क्रा उ परेका इब्राहिम केही समय देखि जे लमा थिए, उनलाई भेट्न गएको गर्लफ्रेण्डले सुटकेसमा को चे र उनलाई जे लबाट भ गा उ ने प्रयास गरेकी थिइन् । कार चोरीको आरोपमा इब्राहिमलाई अदालतले ९ वर्षको जेल सुनाइएको थियो।

व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जे लभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् । तर आधा घन्टापछि जे लबाट निस्कदा सुटकेश भारी भएर उनलाई घि स्या उ न निकै गाह्रो पर्‍यो । त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए ।

जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए । सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि रहेछ । सुरक्षाकर्मीले तुरुन्तै इब्राइमलाई जे लभित्र हु ले अनि उनकी प्रेमिकालाई पनि पक्राउ गरे ।


Last Updated on: August 28th, 2021 at 8:36 pm
४६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया