शुक्रबार ०८ आश्विन २०७८

दैलेख – शनिबार दैलेखमा मोटरसाइकल दुर्घटनामा परी एक कर्मचारीको मृ,त्यु भएको छ । दुर्घटनामा रेडक्रस सोसाइटीका कर्मचारीको ज्यान गएको हो । दुर्घटनामा रेडक्रस सोसाइटी दैलेख शाखामा कार्यरत उदयपुरको चौदण्डीगढी नगरपालिकाका ४२ वर्षीय नारायणप्रसाद पोखरेलको ज्यान गएको दैलेख प्रहरीले जनाएको छ।

सदरमुकामबाट कार्यक्षेत्र नौमुले गाउँपालिका तर्फ जाँदै गर्दा पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । पोखरेलको शव पोस्टमार्टका लागि दैलेख अस्पताल लागीएको छ।


Last Updated on: August 29th, 2021 at 10:11 am
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया