शुक्रबार ०८ आश्विन २०७८

लगातारको अविरल बर्षाका कारण रुपन्देहीका उद्योगहरु प्रभावित भएका छन् ।अधिकांश उद्योगहरुमा डुबान हुँदा मेशीनरी समानका साथै उद्योगमा राखिएका कच्चा पदार्थ एवम् तयारी समानहरु समेत बिग्रिएको उद्योगीहरुले बताएका छन् ।

विशेष गरि भैरहवा-बुटवल सडकखण्ड अन्तर्गत पञ्चकन्या कोरीडोर र भैरहवा– परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकामा पर्ने उद्योगहरु डुबानबाट अति प्रभावित बनेका छन ।

भैरहवा–बुटवल सडक खण्ड अन्तर्गत पञ्चकन्या कोरीडोर अन्तर्गत पर्ने पन्चकन्या समूह अन्तर्गतको उद्योगमा मात्रै करौडोको नोक्सान भएको छ । उद्योगका महाप्रवन्धक देवेन्द्र साहुका अनुसार पञ्चकन्या प्लष्टिक उद्योगमा प्लािष्टक बनाउनका लागी राखिएका कच्चा पदार्थहरु डुबानका कारण खराब भएको छ ।

यस्तै, उद्योग परिसर नै डुबानमा पर्दा मोटर लगायतका मेशीनरी समानहरु बिग्रेका छन् । “उद्योग परिसरमा अझै पनि पानी रहेको कारण अझै पनि ४/५ दिन उद्योग सञ्चालन गर्ने अवस्था छैन, यसले पञ्चकन्या मात्रै नभई यस क्षेत्रका प्राय उद्योगहरुले करोडौको नोक्सानी ब्यहोर्नु परेको छ ।” साहुले भने ।

सोही कोरिडोरमा रहेको एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रालि, श्याम मोडर्न दाल मिल, रत्ना आइरन लगायतका उद्योगहरु पनि डुबानमा परेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका कर्पोरेट उपाध्याक्ष समेत रहेका एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रालीका सञ्चालम अरुण कुमार गोयन्काले आफ्नै उद्योगमा मात्र प्लाण्ट र मेशीनरी र तयारी माल गरि डेढ करोड भन्दा बढीको नोक्सानी भएको बताए ।


Last Updated on: August 29th, 2021 at 1:16 pm
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया