शुक्रबार ०८ आश्विन २०७८

पश्‍चिम चीनको सिचुआन प्रान्तबाट प्रहरीले ६० तिब्बतीयन नागरिकलाई दलाई लामाको फोटोसहित पक्राउ गरेको छ ।
तिब्बतबाट देश निकाला गरिएका दलाई लामाको फोटोसहित चिनियाँ प्रहरीले ६० तिब्बतीलाई पक्राउ गरेको रेडियो फ्रि एसियाले जनाएको छ ।

चीनमा दलाई लामाको फोटोमा समेत प्रतिबन्ध लगाइएको छ । भारतबाट चीन भ्रमणमा रहेका १९ तिब्बती भिक्षु सहित ६० जना बसेको क्षेत्रमा गत आइतबार प्रहरीले खानतलासी थालेको थियो ।

खानतलासीको क्रममा ती व्यक्तिहरुसँग दलाई लामाको फोटो फेला पारेपछि प्रहरीले बुधबार पक्राउ गरेको थियो । पक्राउ परेका ६० जनालाई हाल थुनामा राखिएको बताइएको छ ।

ती व्यक्तिलाई अब दलाई लामाको फोटो नबोक्ने र यदी बोकेको भेटिएमा अपराधको मुद्दा लगाइने शर्तमा थुनामुक्त गरिने चिनियाँ प्रहरीले जनाएको छ ।


Last Updated on: August 29th, 2021 at 2:11 pm
१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया