शुक्रबार ०८ आश्विन २०७८

कालिकोट — सान्नी त्रिवेणी गाउँपालिका—२ अन्तर्गत कर्णाली करिडोरको आम्तडामा जीप दुर्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।

सान्नी त्रिवेणी गाउँपालिकाबाट जिते बजारका लागि छुटेको मानसरोवर रारा कर्णाली यातायातको क १ ज २३ नम्बरको वोलेरो जिप दुर्घटना हुँदा सान्नी त्रिवेणी गाउँपालिका—१ का चालक विक्रम गिरीको घटनास्थलमै मृ,त्यु भएको हो । दुर्घटनामा सान्नी त्रिवेणी गाउँपालिका—६ का वर्ष ३३ का तिल सज्याल, वर्ष ५२ का रत्न सज्याल, वर्ष ४३ का देवप्रसाद सज्याल, वर्ष ७० का सुन्दर सज्याल घाइते भएका छन् ।

यस्तै, रास्कोट नगरपालिका—९ का वर्ष २१ का जंग्गे तिरुवा, वर्ष १८ की लक्ष्मी बराल, वर्ष ३४ का नरपती तिरुवा, वर्ष २४ का टेक लुवार, वर्ष ३६ का प्रेम बराल घाइते भएको प्रहरीले जनाएको छ । यस्तै रास्कोट—७ का वर्ष ३७ का कमराज शाही पनि घाइते भएका छन् । यस्तै पचालझरना गाउँपालिका—९ की वर्ष १९ कि अनिता शाही घाइते भएको प्रहरीले जनाएको छ । अहिले घाइतेको उद्धार भइरहेको छ ।


Last Updated on: August 29th, 2021 at 3:26 pm
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया