बिहिबार ३१ भाद्र २०७८

दाङ — घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमानको ह,त्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी ह,त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए ।

आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी ह,त्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Last Updated on: August 29th, 2021 at 3:46 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया