शुक्रबार ०८ आश्विन २०७८

सुर्खेतको बराहताल गाउँपालिका–८, गिरीघाटमा बस्दै आएका नरेन्द्रबहादुर केसीले न्यानो घरमा बस्ने आश गरेको आठ वर्ष लाग्यो । त्रिपालमूनि बस्न बाध्य भएका उनी कहिले वर्षा, कहिले घाम त कहिले कठ्याङ्ग्रिँदो चिसोसँँगै दैनिकी बिताउँदै आएका छन्।

झरीमा उनको अवस्था निकै दयनीय भएको छ । एकातिर धुजा–धुजा भएको त्रिपालभित्र पानी चुहिन्छ भने अर्कोतिर बिहान–बेलुकी छाक टार्ने चिन्ता । त्रिपालमूनिको बास, त्यसमा पनि छाक टार्ने चिन्ताले उनलाई लेखेटिरहन्छ।


Last Updated on: August 29th, 2021 at 4:40 pm
५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया