सोमबार ११ आश्विन २०७८

काभ्रे । रोशी गाउँपालिका–७ कटुन्जेस्थित बीपी राजमार्गमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृ,त्यु भएको छ ।

जनकपुरबाट काठमाण्डौंतर्फ आउँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गाले लाग्दा महोत्तरी जिल्ला रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साहको मृ,त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विहान करिब ९ बजे खसेको ढुङ्गाले लाग्दा चालक शाह र मोटरसाइकल पछाडी सवार धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह घाइते हुनुभएको थियो ।

घाइते दुवैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा चालक सरोजकुमार साहलाई अस्पतालले मृ,त घोषणा गरेको थियो । अर्का घाइते सतिसकुमार साहको उपचार भइरहेको छ । उहाँको पेट र अनुहारमा चोट लागेको छ ।


Last Updated on: August 29th, 2021 at 5:50 pm
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया