सोमबार ०४ आश्विन २०७८

झापाको अर्जुनधारा ६ माहानन्द चोक उत्तर बिहानी टोलमा सोमबार बिहान एक महिलाको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीया सावित्रा खड्का विश्वकर्माको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको परिवार लामो समयदेखि अर्जुनधारा ६ मा डेरामा बस्दै आएको स्थानीयबासीले बताएका छन्। आइतबार साँझ सावित्राको उनकै पतिसंग सामान्य वि,वा,द भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तर उनको मृ,त्युको कारण वि,वा,द हो/होइन भन्ने कुराको टुंगो अनुसन्धानपछि लाग्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।


Last Updated on: August 30th, 2021 at 11:22 am
८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया