सोमबार ११ आश्विन २०७८

नवलपरासी पूर्व हुप्सेकोट ४ माथिल्लो चारघरे स्थितमा प’हिरोमा परि वे’पत्ता भएका एकै घरका तिन जनाको श’व फे’ला परेको छ । लगातार बर्षातका कारण शुक्रवार विहान स्थानिय हस्त बहादुर पुलामीको घरमाथीबा आएको पहिरोले घर पुरिदा उहाकी श्रीमती ४० बर्षिया धनमाया पुलामी र नातिनीहरु ७ बर्षिया भुमिसरा पुलामी र ६ बर्षिया देउमाया पुलामी वे’पत्ता हुनु भएको थियो ।

प्र’हरी निरीक्षकको कमाण्डमा ७ जना टोली र सशस्त्र प्र’हरी बलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना टोलीले शुक्रवार देखी खोजीकार्य गर्ने क्रममा शनिवार दिउँसो सवा तिन बजे उनीहरुको श’व फे’ला परेको जिल्ला प्र’हरी कार्यालय नवलपरासीका सूचना अधिकारी मधुसुदन सिंहले जानकारी दिनुभयो । उनीहरुको प’हिरोले घर पुरिएको ठाउँमा भेटिएको हो ।

नारायणी नदीमा पानीको सतह बढेपछिगण्डकका सबै ढोका खोलिएको छ । पानीको सतह ७ दशमलव ३३ मिटरभन्दा माथि गएपछि नवलपरासीको त्रिवेणीमा गण्डक ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।प्रशासनले नारायणी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।गण्डकका सबै ३६ वटा ढोका खोलिएको प्रहरी चौकी त्रिवेणीले जानकारी दिएको छ । अहिले बिहान ७ बजे गण्डकमा पानीको बहाव ३ लाख ४ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।

गयरातिसम्म पानीको बहाव १ लाख ९८ हजार २ सय १५ प्रतिसेकेन्ड क्यूसेक मापन गरिएको थियो । शनिवार बिहान ४ बजेबाट पानीको बहाव विस्तारै घट्दै गएको छ । प्रमुख जिल्ला अधिकारी आचार्यले हाल कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २६ वटा ढोका खुल्ला गरिएको जानकारी दिनुभयो । पानीको बहाव घटबढ भइरहेकाले कुन ढोका खोल्दा उचित हुन्छ भन्ने विषयमा अनुगमन गरेर ढोका खोल्ने र बन्द गर्ने गरिएको पनि उहाँले बताउनुभयो । कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ भने सप्तरी जिल्लाको तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

सप्तकोशी नदीमा पानीको बहाव विस्तारै घट्न थालेको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत तीन–चार दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढ्दै गएको थियो ।सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार शनिवार बिहान ६ बजे सप्तकोशीमा पानीको बहाव १ लाख ९६ हजार २५ क्यूसेक मापन गरिएको थियो ।


Last Updated on: August 30th, 2021 at 3:52 pm
२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया