
भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको ह’त्या गरी आफूले आ’त्मह’त्या गरेका छन्।स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो ह ति यारले ह ‘त्या गरी आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ।
शुक्रबार राती १० बजेतिर घरायसी वि’वा’दमा राईले खुकुरी प्र’हा’र गरी श्रीमतीको ह’त्या गरेको र घरदेखि करिब ४० मिटर तलको दुधेलोको रुखमा आफू पनि झु’न्डि’एको अवस्थामा मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले जानकारी दिए।
प्रहरीका अनुसार राती सुतिरहेका बेलामा आमालाई बोलाउने क्रममा आमालाई मृ’त देखेपछि ८ वर्षीय छोराले घरदेखि केही पर रहेको हजुरआमा पर्नेलाई खबर गरेका थिए। त्यसपछि स्थानीयबासीमा खैलाबैला भएको थियो।
पछि बाबुलाई खोज्ने क्रममा उनी पनि रुखमा झु’न्डि’एको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घ’ट’नाको बारेमा थप अ’नुस’न्धा’न भइरहेको डिएसपी राईले बताए। मृ’त’क दुवैका ८ वर्षीय छोरा र एक छोरी छन्।