सोमबार ११ आश्विन २०७८

कैलालीमा घरमाथि पहिरोवाट पहिरो खस्दा श्रीमानको नि’धन भएको छ भने श्रीमती हराएकी छन् । कैलालीको दुहुँ गाउँपालिका(१ बस्पालीका नरसिंह महराको नि’धन भएको छ भने उनकी श्रीमती बेपत्ता भएकी छन् ।

प्रहरीले महराकी श्रीमती कौशीदेवि महरा बेपत्ता भएकाीछन् । घरमा श्रीमान(श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएको स्थानियले जनाएका छन् ।

घटनास्थलमा पुगेको प्रहरीले स्थानियको सहयोगमा महरा दम्पत्ती खोजी गरेको थियो । प्रहरीले श्रीमानको शव फेला पारेको थियो भने श्रीमती अझै फेला परेकी छैन ।

यस्तै पहिरोले घर पुरिदाँ दुहुँ गाउँपालिका ५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिए ।


Last Updated on: August 30th, 2021 at 4:23 pm
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया