बिहिबार ३१ भाद्र २०७८

बाँसको तामा सहितको अचार खाँदा एक महिलाको निधन भएको छ । खबर हो कञ्चनपुरको ।कञ्चनपुरको भीमदत्त नगरपालिका –१० स्थित ३५ वर्षीया महालक्ष्मी भट्टको मासु चिउरा र बाँसको तामाको अचार खाँदा मृ,त्यु भएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
महाकाली उप प्रादेशिक अस्पतालका अनुसार मृ,त्यु भएकी महिला सहित उक्त परिवारका अन्य ४ जना समेत बिरामी परेका थिए ।

झाडापाखाला लगायत वान्ता हुन थालेपछि अस्पताल पुगेका उनिहरु मध्ये महालक्ष्मी भट्ट उपचारको क्रममा मङ्गलबार बिहान १०स्५५ मा मृ,त्यु भएको महाकाली अस्पतालका डाक्टर मनोज भट्टले जानकारी दिए ।
डाक्टर भट्टका अनुसार शरीरमा पानीको मात्रा कम हुदा ३५ वर्षीया महालक्ष्मी अचेत बनेकी थिइन् ।

तामाको सेवन गरेका उक्त पविारका दुई ओटा बच्चालाई भने थप उपचारको लागि धनगढीको निसर्ग अस्पतालमा लगिएको बताइएको छ । उनीहरुको थप उपचार भइरहेको छ।


Last Updated on: August 30th, 2021 at 5:40 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया