सोमबार ०४ आश्विन २०७८

तुलसीपुर, १४ भदौ । दाङबाट लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनहरु सोमवारबाट चल्न छोडेका छन् । लगातार वर्षातका कारण विभिन्न स्थानमा पहिरो जादा सडक अवरुद्ध भएकाले लामो दुरीमा चल्ने गाडीहरु सोमवार देखी रोकिएको दाङ जिल्ला सयुक्त यातायात कार्यदल समितिका गाडी व्यवस्थापन संयोजक प्रकाश भट्टले जानकारी दिनुभएको छ । दाङ ,बुटवल हुदै काठमाण्डौ सडकखण्ड अन्र्तगत बर्दघाट लगाएतका क्षेत्रमा पहिरो जाँदा पटकपटक सडक अवरुद्ध हुदै आएको छ ।

त्यसपछि वैकल्पिक रुपमा प्रयोग हुदै आएको दाङ,बुटवल,पाल्पा , पोखरा हुदै काठमाण्डौ सडक खण्ड पनि अवरुद्ध हुन थालेपछि लामो दुरीका सवारी साधन हाललाई रोकिएको उहाले बताउनुभयो । ठाउँठाउँमा सडक अवरुद्ध हुदा यात्रु सहित यातायात मजदुरहरुलाई समेत सास्ती नहोस भनेर हाललाई गाडी चल्न नदिईएको उहाले जानकारी दिनुभयो । दाङबाट गाडी छुटेपनि विभिन्न ठाउँमा सडक अवरुद्ध हुने क्रम बढेकाले अलपत्र पार्नु भन्दा गाडी नचलाउनु उपयुक्त ठानिएको उहाले बताउनुभयो ।

हाल दाङ काठमाण्डौ, विराटनगर, विरगंज लगाएतका लामो दुरीका गाडी चलेका छैनन । यस अघि गाडी चलेपनि विभिन्न स्थानमा पहिरो जाने र सडक अवरुद्ध हुदा यात्रुहरुले धेरै सास्ती पाएकाले सडक बाटो सहज र भरपर्दो नहुदा सम्म लामो दुरीका गाडी नचलाउने उहाले बताउनुभयो । गाडी चलाएर अनाहकमा यात्रु तथा चालक-सहचालक सवैले विचबाटो दुःख र सास्ती नपाउन भनेर हाललाई गाडी चल्न रोक लगाईएको र सहज हुने अवस्था आएमा जतिबेला पनि गाडी सुचारु हुने उहाको भनाई छ । हाल बर्षातको समय भएकाले सम्भावित जोखिमलाई मध्येनजर गदै यस्तो निर्णय गरिएको गाडी व्यवस्थापन संयोजक भट्टले जानकारी दिनुभयो ।


Last Updated on: August 31st, 2021 at 9:30 am
२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया