शुक्रबार ०८ आश्विन २०७८

बुटवलमा आइतबार बिहानदेखि पहिरो अझै रोकिएको छैन । सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले बुटवलका थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन् निरन्तरको वर्षाका कारण जोखिम न्यूनिकरण काम गर्न समेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । हिजो सम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घर भित्र पसेको हो ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । वर्षा नरोकिएमा र लेदो नरोकिएमा अझै दर्जन बढी घरमा क्षती पुग्न सक्ने सुरक्षा निकायले जनाएको छ ।

पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् ।साथै पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ । वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने सुरक्षा निकायले बताएका छन् । २०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए।


Last Updated on: August 31st, 2021 at 11:38 am
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया