
मोरंगको केराबारी गाउँपालिका स्थित खदम खोलाले बगाएर सोमबार एकजनाको मृ,त्यु भएको छ ।
धनकुटाको चौविसे गाउँपालिका घर भई केराबारी १० मा अस्थाई बसोवास गर्दै आएका ३८ वर्षिय धनवहादुर निरौलालाई खोला तर्ने क्रममा बगाउदा मृ,त्यु भएको हो ।
केराबारी ८ र १० को सिमानामा पर्ने चारपोल नजिकै उहाको शव खोलाले फेला परेको प्रहरीले जनाएको छ । शव शव मृतकका आफन्त र परिवारजनको रोहबरमा पोष्टमार्टमका लागि विपी प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ ।