बिहिबार ३१ भाद्र २०७८

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई युवाको एक समूहले कालोमोसो दलेको छ । सर्जन परियारको नेतृत्वमा गएको ३ / ४ जनाको समूहले पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफलेले जानकारी दिनुभयो ।

घटनामा संलग्न व्यक्तीहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताउनुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेस खड्काका विरुद्धमा उजुरी परेको प्रहरीले बताएको छ ।

टाइडफाईड भएको बिरामीको कल्चार चेकको व्यवस्था नभएकोबताएपछि डा. विनोद सिंहलाई कार्यकक्षमै पुगेर मोसो दलेको एसपी काफलेले बताउनुभयो ।


Last Updated on: August 31st, 2021 at 2:02 pm
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया