बिहिबार ३१ भाद्र २०७८

पेरुमा भएको डुङ्गा दुर्घटनामा परी २० भन्दा बढीको मृ,त्यु भएको छ । घटनामा परी अरु ५० भन्दा बढी यात्रु हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेजन क्षेत्रको हुल्लाग नदिमा डुङ्गा दुर्घटना भएको आरपीपी रेडियोले समाचार प्रसारण गरेको छ । बाक्लो कुहिरोका कारण चालकलाई गन्तव्य पहिचान गर्न समस्या भएपछि डुङ्गा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

दुर्घटना भएका बेला विमानमा झण्डै ८० यात्रु रहेको अनुमान गरिएको छ ।“पर्याप्त उज्यालो नभएकाले चालकलाई डुङ्गा संचालन गर्न समस्या भएर डुङ्गा दुर्घटना भएको हो,” दुर्घटनामा परी बाँचेका एक व्यक्तिले भने ।बेपत्ता भएका यात्रुहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको र खोजी कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेकाले मृतकको सङ्ख्या पनि बढ्न सक्ने खोजी कार्यमा खटिएकाहरुले बताएका छन् ।


Last Updated on: August 31st, 2021 at 3:17 pm
११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया