सोमबार ०४ आश्विन २०७८

थाहा छैन हामिलाई हाम्रो जिन्दगी कुन ठाउँ तर्फ गइरहेको छ ,जन्म एकठाउमा हुन्छ भने मृ त्यु अक्सर अर्कै ठाउमा हुन्छ ।जिउदो हुदासम्म अनेकौ चो ‘टहरु खेप्नुपर्छ ,जिन्दगीको व्यथाले नै हाम्रो कथा बनाउछ ।कहिलेकाही त जिन्दगी मञ्चको कलाकार जस्तै नै भएर निस्कन्छ ।

आँखा चारैतिर घुमाउने हो भने कतै सुखे सुखको जिन्दगी छ त कतै दुखै दुखको जिन्दगी छ।त्यस्तै एक झुपडी भित्र बृद्ध बुवा रहन्छन् ।

उमेरको हिसाबमा पनि निकै नै बृद्ध उनी लगभक पच्चहत्तर बर्षका भैसके ।शरिरभरि एकदमै पुराना कपडा र हातमा फा टेको जुत्ता लिएर त्यसैलाइ सिलाएर बसेको हामिले देख्यौ ।

उनको नाम हो बिरबहादुर धामि ।उनलाई थाहा छैन कि उनी कहाँबाट आए अहिले भने धुलिखेलको सेरोफेरोमा देखिन्छन् ।उनले घाँस टिपेर घासै अन्न स्वरुप खाखा रहेछन् ।सहारा भएको एउटा छोरो पनि कुलतमा फसेर केही समय अगावै संसार छाडे उता श्रिमतिले पनि छोडेको बर्षौ भैसक्यो ।

नत बुवा आफू कमाउन सक्छन् ,पच्चहत्तर बर्षिय बृद्ध बुवाको शरिरले कहाँ पहिलेको जस्तो काम गर्न सक्दो होर ।एउटा सानो झुपडिमा बस्दै आएका बुवाको आर्थिक अवस्था शून्य बराबर छ ।काहिबाट आउने बाटो छैन ,कसैले दिदैनन् पनि ,कठै ।


Last Updated on: August 31st, 2021 at 4:16 pm
१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया