शुक्रबार ०८ आश्विन २०७८

साउदी अरबको अभा इन्टरनेसनल एयरपोर्टमा मंगलबार ड्रोन बम आ,क्र,म,ण भएको छ। यो आ,क्र,म,ण,बाट एउटा विमान पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ८ व्यक्ति घाइते भएका छन्।

साउदी अरबको सरकारी न्युज च्यानलका अनुसार गएको २४ घण्टामा देशको दक्षिणी क्षेत्रमा पर्ने यस विमानस्थलमा दोस्रोपटक ड्रोन आ,क्र,म,ण भएको हो।

अल–अखबारिया च्यानलका अनुसार ड्रोन आ,क्र,म,ण,पछि अर्को पनि आ,क्र,म,ण भएको थियो जुन आ,क्र,म,ण,लाई असफल बनाइएको छ। हालसम्म कुनै समूहले यो आ,क्र,म,ण,को जिम्मा लिएको छैन।

यमनको हुथी व्रिद्रोहीसँग संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यो घटनामा भएको हताहतीको कुनै जानकारी दिएको छैन।

अभा विमानस्थलमा आ,क्र,म,ण हुन अगाडि मात्र साउदी सेनाको एउटा हवाई अड्डामा क्षेप्यास्त्र प्रहार भएको थियो। ड्रोनबाट क्षेप्यास्त्र प्रहार भएको थियो। सो घटनाको पनि कसैले जिम्मा लिएको छैन। यी घटनाहरुमा इरान समर्थित विद्रोहीहरुको संलग्नता भएको आशंका गरिएको छ।


Last Updated on: September 1st, 2021 at 11:33 am
२७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया