सोमबार ०४ आश्विन २०७८

मोटरसाइकल दुर्घटनामा साइप्रसमा एक नेपाली विद्यार्थीको मृ,त्यु भएको छ । मृतक कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेको साइप्रस प्रहरीले जनाएको छ । यस्तै भुसालसँगै मोटरसाइकलमा सवार सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छन् ।

उनको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने घाइते घिसिङलाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

प्रहरी अनुसार मृतक भुसालले मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो । मोटरसाइकलमा सवार दुवैजना पर्खालमा ठोक्किएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले पनि  मंगलबार बेलुकी ६:२० मा डेरिनियामा भएको मोटर साइकल दुर्घटनामा भुषालको मृ,त्युबारे प्रहरीले रिपोर्ट सार्वजनिक गरेको जनाएको छ ।


Last Updated on: September 2nd, 2021 at 1:27 pm
२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया