सोमबार ११ आश्विन २०७८

दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए ।

उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे ।

गएकाे साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा एसएसबीले तुइन काटिदिएपछि ३३ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए ।


Last Updated on: September 2nd, 2021 at 5:51 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया