बिहिबार ३१ भाद्र २०७८

नगरपालिकाका विद्यालयहरु मंगलबारदेखि भौतिक उपस्थितिमा सञ्चालन हुने भएका छन्। बढ्दो को’रो ना सं’क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई आगामी मंगलबार(१५ गते) बाट भौतिक रुपबाटै सञ्चालन गर्नका लागि नगरपालिकाले अनुमति दिएको छ।

नगरपालिकाका अनुसार लामो समयदेखि विद्यार्थीहरु घरमै रहँदा उनीहरुको पठनपाठनमा स’मस्या भएपछि सरोकारवालाहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालनको माग गरेका थिए। सोही माग अनुसार नगरपालिकाले मंगलबार देखि विद्यालय सञ्चालन गर्न पाउने गरी निर्णय गरेको छ। नगरपालिकाको शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले आइतबार नगर शिक्षा समितिको बैठक बसी १५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय भएको र सूचना समेत सम्बन्धित नि’कायमा पठाएको जानकारी दिए।

उनले गत ११ गते शिक्षाका सरोकारवाला, स्थानीय राजनीतिक दलहरुसँगको छलफलले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने माग भएको र सोहीभेलाले गरेको सिफारिशका आधारमा विद्यालय सञ्चालन गर्न लागिएको बताए। उनले वि’द्यालयलाई नै पूर्ण जिम्मे वारी बनाएर विद्यालय सञ्चालनको लागि स्वीकृति दिएको जानकारी दिँदै विद्यालयले स्वा’स्थ्य सुरक्षाका मापदण्डबारेमा नगरपालिकाले अनुगमन गर्ने बताए।

‘विद्यालय स्वयम्ले स्वा’स्थ्य र सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य तय गर्नुपर्ने प्रावधानसहित विद्यालय खोल्नका लागि अनुमति दिएका छौं’, उनले भने, ‘त्यो प्रावधान अनुसार नगरे निमायनुसार हामी कारबाही गर्छौं।’ को’रो ना सं’क्रमणको दर बढिरहे पनि अभिभावक तथा शिक्षाका सरोकारवालाहरुको द’बाबका कारण नगरपालिकाले सो निर्णय गरेको नगरपालिकाको प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरेले बताए।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं सा’बुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सु’झाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि स’हयोग पुग्नेछ ।


Last Updated on: September 3rd, 2021 at 10:18 am
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया