सोमबार ०४ आश्विन २०७८

करिब ७ : २७ बजे जिल्ला प्रह’री कार्यालय सप्तरीको कन्ट्रोल १०० मा फोनको घण्टी बज्यो। राजविराजबाट १४ वर्षीया बालिकालाई अ’पह ’रण गरेर लगेको कसैले फोनबाट प्र’हरीलाई खबर गर्‍यो। कन्ट्रोलले घ’टनाबारे बढीभन्दा बढी बुझ्ने प्रयास गर्‍यो। रातो रङको अपाची मोटरसाइकलमा ३०/३५ वर्षीय अप’रिचित व्यक्तिले बालिकालाई राजदेवी मन्दिर, पोखरेल टोल हुँदै उत्तरतर्फ लगेको जानकारी आयो। कन्ट्रोलले सञ्चार शाखालाई बतायो। सञ्चार शाखाले तत्कालै सबैतिर घ’टनाबारे जानकारी दियो।

यो खबर एसपी, डीएसपी, इन्स्पेक्टर सबैको वाकिटकीमा सुनियो। एसपी राजेन्द्रप्रसाद धमलाले घ’टना तत्काल भएको जानकारी पाएपछि सबै नाकामा क’डाइ गर्न र चेकजाँच गर्न निर्देशन दिए। उनले आधा घण्टामा परिणाम ल्याउन पनि क’डा निर्देशन दिँदै सम्पर्क र निर्देशनमा व्यस्त रहे। प्रह’री कार्यालयबाट डीएसपी माधवप्रसाद काफ्ले र इन्स्पेक्टर रामसागर सिंहको छुट्टाछुट्टै टोली निक्लियो।

राजविराजबाट ९ किलोमिटर उत्तर रूपनी नजिक पुगेका आरोपितको प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको रातो रङको मोटरसाइकल र बालिकालाई समेत देखेपछि इलाका प्रह’री कार्यालय रूपनीको टोलीले शं- का लागी घेरा’उ गर्‍यो। बालिकालाई प्र’हरीले नै नाम र ठेगानासहित सम्बोधन गर्दै जान’कारी माग्यो।

बालिकाले हो भन्नासाथ प्6रहरीले आ’रो-पितलाई नियन्त्रणमा लियो। जिल्ला प्रह’री कार्यालयमा छोरीको खोजीको याचना गर्दै बसेका बालिकाका आमाबुवालाई सान्त्वना दिइरहेका प्रहरीले बालिका फेला परेको र आ’रो’पित प’क्राउ परेको खबर सुनाए। वाकीटकीमा प्रह’रीहरूबीच भएको कुराकानी सुनेपछि मात्र बालिकाले आफू अ’पह र’णमा परेको थाहा पाइन्।

बालिकाले बताएअनुसार बिहीबार साँझ बालिकाका आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएका थिए। सोही मौ’का छोपी आएका अप’रिचित व्यक्तिले विदेशबाट आएको बुवाको साथी भन्दै आँगनमा १५ मिनेटसम्म ७० वर्षीय हजुरबुवा र ६८ वर्षीय हजुरआमासँग कुरा गरे।

आरो’पितले शुक्रबार आफ्नो नयाँ घरबासको भोज भएकाले निम्तो मान्नका लागि घर हेरेर फर्किनु भन्दै बालिका र उनका १६ वर्षीय दाजुलाई छतबाट बोलाए। बुवासँग फोन गरेजस्तो न’क्कल गरी विश्वास दिलाए। बालबालिकाले हजुरबुवा, हजुरआमासँग आँगनमा निकैबेर कुरा गरेको देखेर चिनजानकै होला भन्ठाने। वृद्धवृद्धाले पनि छोराको साथी भन्ने विश्वासमा परेर घर हेरेर फर्किहाल्नु भन्दै पठाए। केही बेरमा घर फर्केका बालिकाका बुवाआमाले कुनै साथीलाई लिन घर नपठाएको र कोहीसँग फोनमा समेत कुराकानी नभएको बताएपछि वृद्धवृद्धा पछुतो मान्दै चिन्तामा परे। उनीहरू सपरिवार जिल्ला प्रहरी कार्यालयमा पुगेर घ’टनाबारे बेलिविस्तार लगाए।

बालिकाका दाजुलाई राजविराज–३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि एउटा घर देखाउँदै आरोपितले बस्दै गर्नु भनेर ओ’राले र बालिकालाई कपडा किनिदिने र वरिपरिलाई निम्तो दिएर फर्किने भन्दै लगे।

 


Last Updated on: September 3rd, 2021 at 12:32 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया